मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

वाणिज्य विभागले तिरायो पाँच फर्मलाई जरिवाना

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १ २०८२
वाणिज्य विभागले तिरायो पाँच फर्मलाई जरिवाना

विभागले सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा देशव्यापी रूपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ। बजारलाई स्वच्छ र मर्यादित बनाउन क्रियाशील रहेको विभागले जनाएको छ।

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँचवटा फर्मलाई जरिवाना गरेको छ। 

विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौंका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो। 

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा विभागले सुमेस ग्लास ट्रेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आरएन ट्रेडर्स, युनिभर्सल होम सोलुशन प्रालि र सिरक डसना पसललाई १० हजार रुपैयाँको दरले जरिवाना गरेको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ। 

त्यस्तै विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ। 

विभागले सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा देशव्यापी रूपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ। बजारलाई स्वच्छ र मर्यादित बनाउन क्रियाशील रहेको विभागले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, पुस १ २०८२१०:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend