शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

कर्णाली- कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ। कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका-७ मा ४०, बारेकोट गाउँपालिका-४, ५ मा ६० घर निर्माण हुन लागेका हुन्।

यस्तै कालिकोट नरहरिनाथ-४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका-७ मा १०० घर निर्माण हुने छन्।

मुगुमा खत्याड गाउँपालिका-२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड-८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ।

हुम्लाको चङ्खेली गाउँपालिका-६ मा रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका-१, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण जारी रहेको छ। आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भई घर निर्माणको चरणमा गएको हो।

अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको जनाउँदै दोस्रोपटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो। एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो।

अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। रासस 


प्रकाशित : बुधबार, फागुन २५ २०७८०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend