मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुविधाजनक अवस्थामा, सञ्चिति २१ अर्ब ५२ करोड डलर, २ खर्ब ७९ अर्बले चालु खाता बचतमा

सोमबार, मंसिर २९ २०८२
अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुविधाजनक अवस्थामा, सञ्चिति २१ अर्ब ५२ करोड डलर, २ खर्ब ७९ अर्बले चालु खाता बचतमा

कुनै समय सञ्चिति खस्किएर संकटमा जान लागेको नेपाली अर्थतन्त्रमा पछिल्लो समय उत्साहजनक वृद्धि भएको छ। रेमिट्यान्सको उच्च वृद्धि तर आयातमा शिथिलता देखिँदा यसको प्रभाव सञ्चितिमा देखिएको हो।

काठमाडौं- अर्थतन्त्रको बाह्य क्षेत्रमा सुविधाजनक अवस्थाले निरन्तरता पाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले पछिल्ला केही महिनादेखिको निरन्तरको सुविधाजनक अवस्था देखाएको छ। 

आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्मको अवस्थामा मुलुकको विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड अमेरिकी डलर पुगेको छ। यो सञ्चितिले १७ महिनाको वस्तु तथा सेवाको आयातलाई धान्न सक्नेछ। 

कुनै समय सञ्चिति खस्किएर संकटमा जान लागेको नेपाली अर्थतन्त्रमा पछिल्लो समय उत्साहजनक वृद्धि भएको छ। रेमिट्यान्सको उच्च वृद्धि तर आयातमा शिथिलता देखिँदा यसको प्रभाव सञ्चितिमा देखिएको हो।

यस्तै रेमिट्यान्स ३१ प्रतिशतले बढेको छ। कात्तिकमा मात्र १ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ। चार महिनामै ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रिएको छ।

चार महिनाको तथ्यांकअनुसार मुलुकको चालु खाता २ खर्ब ७९ अर्बले बचतमा रहेको छ भने शोधनान्तर अवस्था ३ खर्ब १८ अर्बले बचतमा रहेको छ। 

चार महिनामा निर्यात ७७ प्रतिशत र आयात १८ प्रतिशतले बढेको छ। त्यस्तै कात्तिकको उपभोक्ता मुद्रास्फ्रिति १.११ प्रतिशतमा सीमित रहेको छ।  

प्रकाशित : सोमबार, मंसिर २९ २०८२१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend