काठमाडौं- विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी-२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ।
'म्याच रेडी विथ प्योर वाटर' नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन्।
योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले ८ फेब्रुअरी, २०२६ मा मुम्बईको वानखेडे स्टेडियममा आयोजना हुने नेपालविरुद्ध इङल्याण्डको आईसीसी टी-२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। साथै भाग्यशाली विजेताले ४ रात/५ दिनको मुम्बई भ्रमण प्याकेजसमेत जित्ने अवसर पाउनेछन्।
केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।
योजनामा सहभागी हुनका लागि ग्राहकहरूले Kent [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनु पर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र शर्त तथा नियमहरू लागू हुनेछन्।
यससम्बन्धी थप जानकारी आधिकारिक सामाजिक सञ्जाल, डिलर तथा वेबसाइटमार्फत लिन सकिनेछ।


