नेपालगञ्ज- नेपालमा दीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै लगेको छ।
कम्पनीले नेपालगञ्जमा दीपल एस०५ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ। यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवासायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदीप भट्टराईको पनि उपस्थिति थियो। एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका सीईओ ज्ञानेन्द्र चन्दको उपस्थिति थियो।
पानस अटोमोटिभको तर्फबाट कार्यक्रममा सहभागिता जनाएका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए।
यस वर्षकै चर्चित विद्युतीय एसयूभीमध्ये एक दीपल एस०५ अब नेपालगञ्जमा उपलब्ध भएको छ। आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस एसयूभीमा सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्छ। सहर तथा राजमार्ग दुवैका लागि उपयुक्त यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो-ग्राभिटी मोडसहितको क्विन को-पाइलट सिट, रिमोट इन-एण्ड-आउट पार्किङ, लाइभ नेभिगेशनसहितको एआर-एचयूडी तथा पूर्ण इन्टरनेट कनेक्टिभिटी भएको १४.४-इन्च टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्, जसले प्रिमियम र फ्युचर-रेडी ड्राइभिङ अनुभव प्रदान गर्छ।

दीपल एस०५ सँगै एमएडब्लू वृद्धि मोटर्सले आफ्नो क्षेत्रीय साझेदार पानस अटोमोटिभमार्फत डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ। म्याजिक क्युब डिजाइनसहितको आकर्षक बनावट, ९९ किलोवाट क्षमताको शक्तिशाली मोटर र ३५० किलोमिटरसम्मको डब्लूएलटीपी रेञ्ज दिने दुईवटा ब्याट्री विकल्पले भिगोलाई अरूभन्दा फरक बनाउँछ। हेभन एण्ड अर्थ टेलगेट, म्युजिकसँग मिल्ने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा फास्ट चार्ज हुने क्षमता र थप सुरक्षा तथा आत्मविश्वासका लागि लेभल २ एडीएस यसका प्रमुख विशेषता हुन्।
नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरकका रूपमा नियुक्त गरिएसँगै अब यस क्षेत्रका ग्राहकहरूले दीपल र नामी दुवै गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ तथा आफ्टर-सेल्स सपोर्ट आफ्नै ठाउँमा सहजै प्राप्त गर्न सक्नेछन्।
डीपल एस०५ को मूल्य ब्ल्याक इन्टेरियरका लागि ५६ लाख ९९ हजार रुपैयाँ र ओरेन्ज इन्टेरियरका लागि ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नेपालगञ्जका लागि विशेष लन्च अफरअन्तर्गत ब्ल्याक इन्टेरियर ५५ लाख ९९ हजार रुपैयाँ र ओरेन्ज इन्टेरियर ५६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
त्यसैगरी नामी भिगो ई२ को मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२+ भेरियन्ट ४१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। लन्च अफरअन्तर्गत नेपालगञ्जमा भिगो ई२ ३७ लाख ९९ हजार रुपैयाँ र ई२+ ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
यस अवसरलाई स्मरणीय बनाउन एमएडब्लू वृद्धि र पानस अटोमोटिभले नेपालगञ्जमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम पनि सुरु गरेका छन्। यसमार्फत ग्राहकहरूले दुवै मोडेल प्रत्यक्ष अनुभव गर्न, विज्ञहरूसँग परामर्श लिन तथा लन्च अवधिका विशेष अफर र छानिएका विद्युतीय सवारीसाधनमा एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन्।


