काठमाडौं- सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ब्राण्डले नेपालका विभिन्न सहरमा बिक्री-वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेको छ।
नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिद्वारा चितवनमा आयोजित 'वार्षिक वितरक भेला २०२५' मा सम्मानित एवं पुरस्कृत हुने सर्वाेत्कृष्ट १० कम्पनीमा क्रमशः अर्किड इन्टरनेशनल प्राइभेट लिमिटेड (काठमाडौं), जे फोर टिच प्राइभेट लिमिटेड (काठमाडौं), सुप्रिम ट्रेडर्स (काठमाडौं) छन्।
त्यसैगरी तेजस्वी कम्प्युटर सपोर्ट (झापा विर्तामोड) प्यारागन आइटी सोलुसन (इटहरी सुनसरी), रिना इन्टरप्राइजेज (बनेपा), ओभरअल इन्जिनियरिङ सोसुलशन्स (भक्तपुर), आरएस कम्प्युटर (झापा दमक), सिम्प्लिफाई आईटी सोलुशन प्राइभेट लिमिटेड (वीरगञ्ज), दाजुभाइ ट्रेडर्स (बुटवल) छन्।
हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झी, म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक मणिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले संयुक्त रूपमा ती वितरकका प्रमुखहरूलाई विशेष सम्मान एवं पुरस्कृत गरेका थिए।
कम्पनीद्वारा आइतबार जारी विज्ञप्तिका अनुसार सो कार्यक्रममा 'एक्सलेन्स डेमो शाेरूम अवार्ड' रिना इन्टरप्राइजेज (बनेपा), 'इनोभेटिभ मार्केटिङ अवार्ड' सिम्प्लिफाई आईटी सोलुशन्स प्रालि (वीरगञ्ज), 'बेस्ट डिल अवार्ड' दाजुभाइ ट्रेडर्स (बुटवल), 'बेस्ट पेमेन्ट पर्फरेन्स अवार्ड' जेफोर टेक (काठमाडाैं), 'प्रम्ट पेमेन्ट अवार्ड' एटलास इन्फोटिच ग्रुप (बुटवल) लाई प्रदान गरिएको थियो भने 'न्यू इन्ट्री इनोभेटिभ सेल्स अवार्ड' न्यू कम्प्युटर बजार (बागलुङ), 'प्रोजेक्ट सेल्स एक्सलेन्स अवार्ड' सिनर्जी आईटी सोलुशन्स (काठमाडौं) लाई प्रदान गरिएको थियो।
पछिल्लो दिनमा हिक भिजन चीनबाट 'सीसीटीभी सर्भिलेन्स'सम्बन्धी 'सिरिज' घरायसी प्रयोजनदेखि पसल, कार्यालय, विद्यालय, सभाहल, टोल, सार्वजनिक स्थललगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको 'सीसीटीभी', हाजिरी उपस्थिति उपकरण, 'स्मार्ट इन्टरएक्टिभ बोर्ड', 'लक सिस्टम', 'गेट ब्यारिअर', 'अलार्म सिस्टम', 'फायर स्मोक'लगायत 'डिटेक्टर सिस्टम', 'अन्डर भेहिकल सर्भिलियन्स सिस्टम', 'एक्सरे मेसिन'लगायत उपकरण उत्पादित छन्। यी उपकरण विश्वबजारमा लोकप्रिय छन्।
सो वितरक भेलामा देशभरका हिक भिजन ब्राण्डका नेपालका आधिकारिक वितरक सहभागी थिए। भेलामा हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक झीले हिक भिजन 'ब्राण्ड'का उत्पादनले विश्वबजारमा पहिलो स्थान प्राप्त गरेको दाबी गर्दै यो विश्वास र गुणस्तरीयता कायमै राखिने जानकारी दिए।
म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक अधिकारीले सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित 'फ्रेन्डिल सफ्टवेयर'का बारेमा जानकारी लिन भेला सफल भएको बताए।
भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षासमेत गरिएको थियो। म्याक्सिमा मल्टिनेशल ट्रेडिङ प्रालिका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक तामाङले हिक भिजन ब्राण्ड उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दाे रहेका बताएका थिए। भेलामा सूचना प्रविधिका नवीनतम उपकरणका महत्त्वका बारेमा राजन दाहालले विशेष प्रशिक्षण प्रदान गरेका थिए। रासस