काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान बनाउन थालेको छ।
साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि हिजो आइतबार प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मूल्यले त्यसको दाेस्रो दिन नै उक्त कीर्तिमान तोडेको हो।
आइतबारको तुलनामा सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले महँगो भएको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ८० रुपैयाँले घटेर तीन हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर तीन हजार ८ सय ७० रुपैयाँमा करोबार भइरहेको छ। गएको शुक्रबार चाँदीको मूल्य ३ हजार ९ सय ५ रुपैयाँ थियो। जुन अहिलेसम्मको उच्च हो।


