मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

नेपाल-चीन सीमा कोरलामा सुरक्षा निकायको संयुक्त गस्ती

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २९ २०८२
नेपाल-चीन सीमा कोरलामा सुरक्षा निकायको संयुक्त गस्ती

नेपाल-चीन उत्तरी सीमाक्षेत्रमा हिउँदयाममा पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो। हिउँदयाममा सीमाक्षेत्र सुनसान हुने र यस्तो अवस्थामा सीमाक्षेत्रमा चोरी-सिकारी र तस्करीलगायतका घटना हुन सक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीले कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको हो।

मुस्ताङ- नेपाल-चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो।

हिउँदयायमा नेपाल-चीन सीमाक्षेत्रमा हुन सक्ने सम्भावित वन्यजन्तुको चोरी-सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुन सक्ने सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

प्रमुख पौडेलसहित लोमान्थाङ-२, नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस डिग्री तापक्रमको पर्वाह नगरी कोरलास्थित सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनाएको छ। 

नेपाल-चीन उत्तरी सीमाक्षेत्रमा हिउँदयाममा पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो। हिउँदयाममा सीमाक्षेत्र सुनसान हुने र यस्तो अवस्थामा सीमाक्षेत्रमा चोरी-सिकारी र तस्करीलगायतका घटना हुन सक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीले कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको हो।

संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल-चीन कोरला नाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो। उपल्लो मुस्ताङमा गत कात्तिक १० गते भारी हिमपात भए पनि त्यसयता भएको छैन। यद्यपि नेपाल-चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै छ। त्यहाँ सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ।

हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ। उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीमा झर्ने गरेको छ। चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन्। सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहँदै सीमा सुरक्षाका लागि खटिएका छन्। रासस


प्रकाशित : सोमबार, मंसिर २९ २०८२१०:४५
  • सम्बन्धित विषय:

  • # कोरला नाका
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend