शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एलजीसँगको साझेदारीमा सीजी इलेक्ट्रोनिक्सले सञ्चालनमा ल्यायो आधुनिक लन्ड्री लाउन्ज

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २८ २०८२
एलजीसँगको साझेदारीमा सीजी इलेक्ट्रोनिक्सले सञ्चालनमा ल्यायो आधुनिक लन्ड्री लाउन्ज

काठमाडौं- सीजी इलेक्ट्रोनिक्सले आफ्नो साझेदार क्लासी क्लिनसँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज सञ्चालनमा ल्याएको छ। काठमाडौंको भैंसेपाटीस्थित कार्यविनायकमा लन्ड्री लाउन्ज सञ्चालनमा ल्याइएको हो।

लन्ड्री लाउन्ज भनेको एलजीका प्रोफेसनल-ग्रेड वाशर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो। एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नवीन अनुभव प्रदान गर्दछ।

image 02.jpg

यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडलले पूर्ण व्यावसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।

यस लन्ड्री लाउन्जको सञ्चालन सीजीको साझेदार क्लासी क्लिनले गरिरहेको छ भने यसमा एलजी कमर्शियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ।

image 03.jpg

एलजीका कमर्शियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइजसमेत गर्छन्।

ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन्। साथै ड्रप अफ र पिकअप सुविधासमेत उपलब्ध छ। यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक  निर्वाण चौधरी तथा एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन्।


प्रकाशित : आइतबार, मंसिर २८ २०८२१७:५१
  • सम्बन्धित विषय:

  • # सीजी इलेक्ट्रोनिक्स
  • # एलजी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend