शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ब्रान्डिङ ५३ ग्रेडको, बजारमा ४३ ग्रेड ओपीसी सिमेन्ट; ४३ र ५३ ग्रेडको सिमेन्ट कसरी चिन्ने?

बिहीबार , फागुन २६ २०७८
ब्रान्डिङ ५३ ग्रेडको, बजारमा ४३ ग्रेड ओपीसी सिमेन्ट; ४३ र ५३ ग्रेडको सिमेन्ट कसरी चिन्ने?

काठमाडौं- पछिल्लो समय सिमेन्ट उद्योगहरूले ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्टको ब्रान्डिङ गरिरहेका छन्। तर बजारमा बढी माग भने ४३ ग्रेडकै सिमेन्टको छ। ओपीसी सिमेन्ट मुख्यत: क्लिङकर र जिप्सनबाट बनेको हुन्छ।

ओपीसी सिमेन्ट पीपीसी सिमेन्टको तुलनामा छिटो सेट हुन्छ। तर पीसीसी सिमेन्टको गुणस्तर पनि कम चाहिँ हुँदैन। तर यसको सेट हुन केही बढी समय लाग्छ।

तर उद्योगले उत्पादनको क्रममा मिश्रण गर्दा गुणस्तरलाई ध्यान दिने हो भने कुनै पीसीसी सिमेन्टको गुणस्तरसमेत कम नहुने व्यवसायीहरू आफै बताउँछन्। तर नेपालमा अहिले ओपीसी सिमेन्ट नै बढी उत्पादन र ब्रान्डिङ भइरहेको छ।

उपभोक्ताले पनि ओपीसी सिमेन्ट नै बढी प्रयोग गरिरहका हुन्छन् तर व्यक्तिगत घर तथा आवास निर्माणका लागि ओपीसी सिमेन्ट नै चाहिन्छ भन्ने छैन। 

उद्योगहरूले पनि पछिल्लो सयम ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट भनेर प्रचार गरिरहेका छन्। कतिपय सिमेन्ट उद्योगले ५३ ग्रेडको बढी प्रचार गरे पनि उत्पादन भने ४३ ग्रेडको नै गरेर बजारमा पठाइरहेका छन्।

के हो ४३ र ५३ ग्रेड?

४३ र ५३ ग्रेड भनेको सिमेन्टको प्रकार हो। २२ क्यारेटको सुन र २४ क्यारेटको सुन भनेको जस्तै यसले पनि सिमेन्टको भिन्नता देखाउँछ।दुवै सिमेन्टको उद्देश्य तथा वर्किङ क्षमता फरक हुन्छ। उद्योगहरूले ५३ को बढी र ४३ को कम भन्ने गरिरहेका छन्। ४३ ग्रेडको सिमेन्टको प्रयोग गर्ने तरिका भने फरक छ। ४३ ग्रेड सिमेन्ट भनेकाे न्यूनतम २८ दिनको ४३ मेगापास्कल र ५३ ग्रेड सिमेन्ट भनेको न्यूनतम २८ दिनको ५३ मेगापास्कल क्षमता भार हाे।

सामान्यत: घरहरू बनाउँदा ४३ ग्रेडकै सिमेन्ट बढी प्रयोग भएको हुन्छ। कुनै पनि सिमेन्टलाई ग्रेडका आधारमा मात्रै राम्रो र कुनैलाई नराम्रो भन्न मिल्दैन। के उद्देश्यका लागि संरचना बनाइँदै छ भन्ने विषयअनुसार कुन सिमेन्ट प्रयोग गर्ने भन्ने फरक हुन्छ।

बजारमा सुनिने गरेजस्तो ५३ ग्रेडको सिमेन्ट ठूलो प्रोजेक्टलाई र ४३ ग्रेडको सिमेन्ट सानो प्रोजेक्टलाई हो भनेर भन्न पनि नमिल्ने व्यवयासीहरू नै बताउँछन्।

५३ ग्रेडको सिमेन्ट प्रयोग गरेर बनाइने कुनै पनि संरचनाको डिजाइन कसरी गरिएको छ, संरचनाको कस्तो प्रकारण मेट्रियल प्रयोग गर्ने भन्दै प्लानसहित डिजाइन गरिएको हो। डिजाइन गर्दाको उद्देश्य के हो? उद्देश्यलाई पूरा गर्नका लागि कस्तो सिमेन्ट प्रयोग गर्ने भनेर अध्ययन हुन्छ र सोहीअनुसार सिमेन्ट प्रयोग हुने हो। 

सामान्यत: ४३ ग्रेडको सिमेन्टभन्दा ५३ ग्रेडको सिमेन्ट कडा हो। कडा हुँदैमा मात्र सिमेन्ट राम्रो हुने भने होइन। उदाहरणका लागि तरकारीमा कम नुन हाल्दाको स्वाद र बढी नुन हाल्दाको स्वादमा फरक आउँछ। नुन कम हाल्दा पनि के नमिलेको जस्तो हुन्छ भने बढी हाल्दा स्वाद नै बिग्रिन्छ। सिमेन्टको हकमा पनि जति चाहिन्छ त्यो भन्दा कम हाल्दा पनि बिग्रन्छ र बढी हाल्दा पनि बिग्रन्छ। बनाउन लागिएको संरचनाको उद्देश्य र डिजाइन बुझेर मात्रै सिमेन्टको प्रयोग गनुपर्ने व्यवसायीहरू बताउँछन्। 

४३ र ५३ ग्रेडको सिमेन्ट सहजै कसरी चिन्ने?

सिमेन्ट खरिद गदै हुनुहुन्छ भने तपाईंले खरिद गर्न लागेको सिमेन्ट कति ग्रेडको हो। तपाईंले बनाउँदै गरेको संरचनामा प्रयोग भएको सिमेन्ट कति ग्रेडको हो? यसलाई चिन्न सहजै सकिन्छ।

सबैभन्दा पहिले त कतिपय उद्योगबाट उत्पादन भएको सिमेन्टमा नेपाली र अंग्रेजी दुवै अक्षरमा नै ४३ वा ५३ ग्रेड भनेर लेखिएको हुन्छ। तर सिमेन्टको बोरामा हुने धुलोका कारण अंकमा लेखको कुरा देख्न नसकेको अवस्थामा बोरामा प्रयोग हुने चिह्नबाट पनि ४३ र ५३ ग्रेडको सिमेन्ट सहजै थापा पाउन सकिन्छ।

जस्तै ४३ ग्रेडको सिमेन्टको बोरामा एउटा धर्सो मात्रै तानेर सिमेन्टको नाम लेखिएको हुन्छ। यसैगरी ५३ ग्रेडको सिमेन्ट हो भने तल र माथि दुईवटा धर्सो तानिएको हुन्छ र बीचमा सिमेन्टको नाम लेखिएको हुन्छ।

यसबाट सहजै कति ग्रेडको सिमेन्ट हो भनेर चिह्न सकिन्छ। तर बोरामा धर्सो पनि नभएको र नेपाली/अंग्रेजीमा अंकमा समेत ग्रेड लेखिएको छैन भने त्यो सिमेन्ट ३३ ग्रेडको हो भनेर बुझ्नु पर्छ। धर्सो र अंकमा नलेखिएको सिमेन्ट नेपाल गुणस्तर २०४९ अनुसार सबै ३३ ग्रेडकै हो।


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend