मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

बीपी उद्यान अतिक्रमण गरेर सञ्चालित पसलमा महानगरले चलायो डोजर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २८ २०८२
बीपी उद्यान अतिक्रमण गरेर सञ्चालित पसलमा महानगरले चलायो डोजर

मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थापन गर्न लागिएको महानगर प्रमुख राजेशमान सिंहले बताए।

पर्सा- वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ।
 
मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थापन गर्न लागिएको महानगर प्रमुख राजेशमान सिंहले बताए।

उनले घण्टाघरसँगै रहेको उद्यानमा फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए।

'अव्यवस्थित बजारलाई आज बिहान एस्काभेटर लगाएर हटाउने काम गरेका छौँ। यहाँ  व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्,' महानगर प्रमुख सिंहले भने।
 
यहाँ अस्थायी घर-टहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए।

महानगर प्रमुख सिंहले अब करिब ७० करोड रुपैयाँ रकम खर्च गरेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाइने बताए। यहाँबाट हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उनले जानकारी दिए।

आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो। रासस


प्रकाशित : आइतबार, मंसिर २८ २०८२११:०५
  • सम्बन्धित विषय:

  • # बीपी उद्यान
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend