काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८८ रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३० रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ छ।
यस्तै गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ९० रुपैयाँ, काउली तराई प्रतिकिलो ६० रुपैयाँ, रातो मुला प्रतिकिलो ५० रुपैयाँ, सेतो मुला (लोकल) प्रतिकिलो २५ रुपैयाँ, सेतो मुला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ८० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ९० रुपैयाँ, बोडी तने प्रतिकिलो १८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ।
त्यसैगरी मटरकोसा प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १३० रुपैयाँ, तिते करेला प्रतिकिलो १२० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ छ।
घिरौँला प्रतिकिलो १२० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, सलगम प्रतिकिलो १०० रुपैयाँ, भिन्डी प्रतिकिलो १७० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७५ रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ।
रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुंगो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो १५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ६० रुपैयाँ, बकुला प्रतिकिलो १५० रुपैयाँ, तरुल प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ र कुरिलो प्रतिकिलो १२०० रुपैयाँ निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो ३०० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ८० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैायँ, तामा प्रतिकिलो १४० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ४०० रुपैयाँ तोकिएको छ।
स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) २०० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो १०० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो १४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ७० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २३० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो १२० रुपैयाँ, लप्सी प्रतिकिलो ७५ रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ५०० रुपैयाँ, किबी प्रतिकिलो ३०० रुपैयाँ, सरिफा प्रतिकिलो २२० रुपैयाँ र आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी अमला प्रतिकिलो ८० रुपैयाँ, अदुवा प्रतिकिलो ९० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४२० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २३० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १२० रुपैयाँ, हरियो लसुन प्रतिकिलो १०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ७० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २३० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो २०० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १८० रुपैयाँ छ।
माछा सुकेको प्रतिकिलो १००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ, रुख टमाटर प्रतिकिलो १४० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ र काँक्रो (लोकल क्रस) प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरिएको छ। रासस


