मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध, ७९ प्रतिशतले गरे समर्थन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २७ २०८२
अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध, ७९ प्रतिशतले गरे समर्थन

काठमाडाैं- अष्ट्रेलियामा संघीय सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई धेरै मानिसले समर्थन गरेका छन्।

मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षणअनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन्। यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो।

उमेर समूहअनुसार समर्थन फरक देखियो। १८-२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०-६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ।

मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरी लगाइएको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन्। ती एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने सरकारको आरोप छ।

समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधबाट हुने जोखिम घटाउने बताएका छन्। विरोधीहरूले भने यसले अभिभावकको अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक सम्बन्धमा बाधा पुर्‍याउने आरोप लगाएका छन्।

यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानूनबारे विचार गरिरहेका छन्।

तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ। यसले आफ्नो प्रौढ प्रयोगकर्ताकेन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने तर्क गरेको छ। गत महिना दुई जना १५ वर्षीय अष्ट्रेलियाली किशोरहरूले पनि उच्च अदालतमा संवैधानिक चुनौती दायर गरेका थिए।

नयाँ कानूनअनुसार प्रभावित प्लेटफर्महरूले १६ वर्षमुनिका प्रयोगकर्ताले खाता सिर्जना गर्न वा पहुँच गर्न नदिने उचित कदम चाल्नुपर्नेछ। रासस/सिन्ह्वा


प्रकाशित : शनिबार, मंसिर २७ २०८२१४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend