मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

बैतडीको पशु सेवा केन्द्रमा विज्ञ अभाव

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २७ २०८२
बैतडीको पशु सेवा केन्द्रमा विज्ञ अभाव

पशु चिकित्सक नहुँदा पशु स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए।

बैतडी- पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र एक वर्षदेखि चिकित्सकविहीन छ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको सो कार्यालयमा एक वर्षदेखि पशु चिकित्सकको पदपूर्ति हुन सकेको छैन।

पशु चिकित्सक नहुँदा पशु स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए। उनका अनुसार पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब तथा शल्यक्रिया, डाइग्नोसिसजस्ता पशु स्वास्थ्य सेवामा असर परेको छ।

'यसअघि करारमा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मंसिरदेखि नै कार्यालयबाट गइसकेपछि हालसम्म पदपूर्ति हुन सकेको छैन,' केन्द्रका प्रमुख पन्तले भने, 'जिल्लाबाट बाहिरिने खसी, बोका, भैँसी, राँगा निकासी पैठारीका लागि प्रमाणित गर्न सकिएको छैन, यसले चोरी-निकासी गरी जिल्ला बाहिर पैठारीको जोखिम बढाएको छ।'

पशु चिकित्सकसहित सात जना प्राविधिकको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा अहिले एक पशु विकास अधिकृत र एक प्राविधिक गरी दुई जना मात्रै रहेका छन्। रासस


प्रकाशित : शनिबार, मंसिर २७ २०८२१४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend