मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

युरोपेली संघले लगायो रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध

शनिबार, मंसिर २७ २०८२
युरोपेली संघले लगायो रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध

निर्णयअनुसार रुसी केन्द्रीय बैंकको सम्पत्ति पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यसले रुसी बैंकको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा निकायसँग सम्बन्धित लेनदेनलाई पनि समेट्छ।

काठमाडाैं- युरोपेली संघ (ईयू) ले रुसी केन्द्रीय बैंकका सम्पत्ति कुनै पनि प्रकारले रुस फर्किन नदिने निर्णय गरेको छ। उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो।

संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संघको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो।'

निर्णयअनुसार रुसी केन्द्रीय बैंकको सम्पत्ति पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यसले रुसी बैंकको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा निकायसँग सम्बन्धित लेनदेनलाई पनि समेट्छ।

युरोपेली परिषद् अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमा लेखेका छन्, 'अक्टोबरको परिषद् बैठकमा रुसी सम्पत्ति सुरक्षित राख्ने प्रतिबद्धता जनाइएको थियो र शुक्रबारको निर्णयले त्यस प्रतिबद्धता पूरा गरेको हो।'

विज्ञप्तिमा यो कदम अस्थायी भए पनि रुसलाई युक्रेनसँगको युद्धका लागि वित्तीय वा अन्य स्रोत उपलब्ध गराउँदा संघको अर्थतन्त्रमा असर पर्न सक्ने अवस्थामा प्रतिबन्ध जारी रहने उल्लेख छ।

यस निर्णयअनुसार करिब दुई लाख दश हजार करोड युरो मूल्यको सम्पत्ति लक हुनेछ। यसमा करिब एक लाख नब्बे हजार करोड युरो बेल्जियमस्थित वित्तीय संस्था युरोक्लियरमा सुरक्षित छ।

सम्पत्ति रुस-युक्रेन द्वन्द्व सुरु भएपछिका युरोपेली संघका प्रतिबन्धअन्तर्गत सुरक्षित राखिएको हो। यी प्रतिबन्धहरू हरेक छ महिनामा २७ सदस्य राष्ट्रको सर्वसम्मत अनुमतिसहित नवीकरण गर्नुपर्छ।
हंगेरी र स्लोभाकियाले युक्रेनको समर्थन बढाउन विरोध गरे पनि शुक्रबारको निर्णयले उनीहरूलाई प्रतिबन्ध नवीकरण अवरुद्ध गर्न नसक्ने बनाएको छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले लेखेका छन्, 'आजको निर्णयसँगै युरोपेली संघमा कानूनको शासन कमजोर भएको अनुभूति हुन्छ। हंगेरीले कानूनी व्यवस्था पुनर्स्थापना गर्न सक्दो प्रयास गर्नेछ।'

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले भनेका छन्, 'उहाँले युक्रेनका आगामी सैन्य खर्चको लागि रुसको सम्पत्ति प्रयोग गर्ने कुनै पनि योजना समर्थन गर्ने अवस्था छैन।'

यस निर्णयको एक हप्तापछि डिसेम्बरमा हुने युरोपेली परिषद् बैठकमा नेताहरूले युक्रेनका तत्काल वित्तीय आवश्यकताहरू पूरा गर्ने उपायबारे छलफल गर्नेछन्। अक्टोबरको बैठकमा रुसको सम्पत्ति युक्रेनको क्षतिपूर्ति ऋणक लागि प्रयोग गर्ने योजना बनाउन नेताहरू असफल भएका थिए।

रुसी बैंकले आफ्नो सम्पत्ति प्रयोग गर्ने युरोपेली योजनाविरुद्ध कानूनी कदम चाल्ने निर्णय गरेको छ। बैंकले यस प्रकारका कदमले अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकताको उल्लंघन गर्न सक्ने चेतावनी दिएको छ। रुसी राज्य समाचार एजेन्सी टास्कका अनुसार रुसी बैंकले युरोक्लियरविरुद्ध मस्को मध्यस्थ अदालतमा मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेको छ। रासस/सिन्ह्वा


प्रकाशित : शनिबार, मंसिर २७ २०८२१३:३६
  • सम्बन्धित विषय:

  • # युरोपेली संघ
  • # रुस-युक्रेन युद्ध


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend