आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड 

पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि चार करोड रूपैयाँ तत्काललाई विनियोजन गरिएको हो।

images
images

सिन्धुपाल्चोक- गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा चार करोड रूपैयाँ विनियोजन गरेको छ।

images
images
images

भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल चार करोड रूपैयाँ स्वीकृत गरेको हो।

images
images

पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि चार करोड रूपैयाँ तत्काललाई विनियोजन गरे पनि बाँकी सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए।
 
बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो। मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ। रासस

images
images


प्रकाशित : बुधबार, फागुन २५ २०७८०५:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend