मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

'अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन निर्णायक भूमिकामा राख्नुपर्छ'

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २७ २०८२
'अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन निर्णायक भूमिकामा राख्नुपर्छ'

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छन्।

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छन्।

यही मंसिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८-१०) सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजित अन्तर्राष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटिज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरशिप्स २०२५ फोरम) मा प्रस्तुतीकरण दिँदै उपप्रमुख डंगोलले यस्ता कार्यक्रममा स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहित सहभागी गराउनुपर्ने धारणा राखेकी हुन्।

'भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रूपमा मात्र हेर्नु हुँदैन। यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नुपर्छ। अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ। यसका लागि 'प्रोजेक्ट डिजाइनिङ' चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो,' उनले भनिन् 'यसअघि अन्तर्राष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरणअगाडि स्थानीय सहभागिता देखिँदैन।' 

युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल 'गेटवे' लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो। त्यस अवसरमा नेपालबाट उपप्रमुख डंगोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाी प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी थिए। रासस


प्रकाशित : शनिबार, मंसिर २७ २०८२११:३९
  • सम्बन्धित विषय:

  • # सुनिता डंगोल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend