काठमाडौं- नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पदबहाली गरेका छन्।
उनलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए।
पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्ने बताए।
'नेपालको जमिन उर्वर छ, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ,' उनले भने। रासस