बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

१३ लाख पुरस्कारको दोस्रो ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट’हुने 

images
बुधबार, फागुन २५ २०७८
images
१३ लाख पुरस्कारको दोस्रो ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट’हुने 
images
images

काठमाडौं- पर्यटन व्यवसायी एवम् यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङ छिरिङ शेर्पाको स्मृतिमा ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट’ हुने भएको छ। 

images
images
images

यती एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो। 

images
images

स्व शेर्पाको तेस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

images
images

‘पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,’ प्रवक्ता बर्तौैलाले भने। 

गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो। प्रत्येक बर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यस अघि नै यती एयरलाइन्सले घोषणा गरिसकेको छ। उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ। 

प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ। 

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग  ३ लाख रुवैयाँ बराबरको ट्राभल प्याकेज जित्नेछन। अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरु तथा निकटका संस्थाहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन्। सम्पूर्ण विधामा गरी करिव १३ लाख मुल्य बराबरको पुरस्कार वितरण हुनेछ। 

उक्त प्रतियोगितामा यती एयरलाइन्स, तारा एअर, हिमालय एयरलाइन्स, एल्टिच्युट एयर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ्ग रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एयरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन्। 


प्रकाशित : बुधबार, फागुन २५ २०७८०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend