बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मन्त्रिपरिषद् विस्तार, नवनियुक्त चार मन्त्रीले लिए शपथ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त चार मन्त्रीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई शपथ गराएका हुन्।

काठमाडौं- नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई शपथ गराएका हुन्। 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई राष्ट्रपति पौडेलले आजै मन्त्रीमा नियुक्त गरेका हुन्। गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को संख्या आजको विस्तारसँगै १४ पुगेको छ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अन्य मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ र कात्तिक ९ गते विस्तार भएको थियो। रासस

प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२१६:२३
  • सम्बन्धित विषय:

  • # सुशीला कार्की
  • # मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend