मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँबराबरको क्षति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २६ २०८२
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँबराबरको क्षति

दाङको राप्ती गाउँपालिका-२, पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपैयाँबराबरकोे क्षति भएको छ।

दाङ- दाङको राप्ती गाउँपालिका-२, पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपैयाँबराबरकोे क्षति भएको छ।

आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूला-साना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा ६७ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइएको घरसमेत जलेको छ। यसअघि राप्ती गाउँपालिकाले साेही स्थानमा फोहर व्यवस्थापन गर्दै आएको थियो। 

गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो। आगलागीको कारण पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२१६:०३
  • सम्बन्धित विषय:

  • # आगलागी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend