शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

डण्डीको मूल्य किन बढिरहेको छ?

बुधबार, फागुन २५ २०७८
डण्डीको मूल्य किन बढिरहेको छ?

काठमाडौं- निमार्णको मुख्य समयमै डण्डीको मूल्य बढेको छ। बजारमा अहिले डण्डीको मूल्य प्रतिकिलो १ सय ३५ रुपैयाँ (उपभोक्ता खरिद मूल्य) पुगेको छ। अझै केही दिनभित्रै डण्डीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुग्ने व्यवसायीहरूको भनाइ छ।

नेपालमा अहिले दुईथरी डण्डी उद्योग रहेका छन्। एउटा स्पञ्ज आइरन ल्याएर बिलेट आफै बनाउँदै डण्डी बनाउने र अर्को बिलेट नै आयात गरी डण्डी बनाउने उद्योग छन्।

कोइलाको कारण कच्चा पदार्थको उत्पादन लागत बढेको छ। जसका कारण डण्डीको मूल्य बढेको व्यवसायीहरूको भानाइ छ। अर्को रुस–युक्रेनका कारण पनि डण्डीको मूल्य बढेको हो। व्यवसायीले आफैले डण्डीको मूल्य नबढाएको उनीहरूको दाबी छ।

नेपाली व्यवसायीहरूले फलाम सत प्रतिशत नै आयात गर्ने हो। आयात गर्ने देशमै फलामको मूल्य बढेको छ। अर्को फलाम उत्पादन गर्न कोइल अधिक मात्रामा खपत हुन्छ। कोइलाको मूल्य पनि बढेको बढ्यै छ। 

नेपालमा अहिले पनि विलेटबाट नै डण्डी बढी उत्पादन भइरहेका छ। केही उद्योगले मात्रै स्पञ्ज आइरन आयात गर्दै डण्डी बनाइरहेका छन्। फलाम तन्काउन फर्नेस आयल बढी प्रयोग हुन्छ। यसको मूल्य पनि ३ गुणाले बढेको छ।

एक वर्ष अगाडिको तुलनामा कोइलाको मूल्यमा पनि झन्डै ८ गुण बढेको छ। यसैगरी डलरको भाउ बढ्दा पनि डण्डीको मूल्य बढको व्यवसायीको तर्क छ।

यसैगरी स्पञ्ज आइरनको मूल्य पनि बढेको छ। अर्को निकेलको मूल्य पनि बढेको छ। जसको मूल्य एकै दिनमा दोब्बर समेत भएको छ। जसका कारण डण्डीको मूल्य बढेको व्यवसायीको तर्क छ।


प्रकाशित : बुधबार, फागुन २५ २०७८०५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend