बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सुनको मूल्य निरन्तर उकालोतिर, चाँदीकाे मूल्यमा रेकर्ड

शुक्रबार, मंसिर २६ २०८२
सुनको मूल्य निरन्तर उकालोतिर, चाँदीकाे मूल्यमा रेकर्ड

आज मंसिर २६ गते शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार ५ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर रेकर्ड बनाएको हो।

काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। 

आज मंसिर २६ गते शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार ५ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो अर्थात् बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। आज बजारमा चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। 

बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, मंसिर २६ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend