काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले साढे १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८० हजार ५०० रुपैयाँको १० प्रतिशतबराबर हुन आउने ५४ करोड ५६ लाख ८० हजार ८५० रुपैयाँ नगद (कर सहित) र २.५० प्रतिशका दरले हुन आउने १३ करोड ६४ लाख २० हजार २१२ रुपैयाँबराबरको बोनस सेयर दिने निर्णय गरेको थियो।
यस्तै, साधारण सभाबाट कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१-८२ को लेखापरिक्षणको प्रतिवेदन एवं आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ।
वार्षिक साधारण सभाको निर्णय बमोजिम वोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी पुँजी र चुक्ता पुँजी वृद्धि भई ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ ५० पैसा कायम हुनेछ।


