मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धि  सुस्त

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धि  सुस्त

कम्बोडियाले घरेलु र बाह्य कारणहरूबीच चुनौतीपूर्ण अवधिमा यात्रा गरिरहेको कम्बोडियाका लागि विश्व बैंककी कन्ट्री म्यानेजर तानिया मेयरले बताइन्।

काठमाडौं- सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्‍याएको  विश्व बैंकको आर्थिक प्रतिवेदनले जनाएको छ। 

कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा ४.८ प्रतिशतले बढ्ने अनुमान विश्व बैंकले गरेको थियो, जुन सन् २०२४ मा ६ प्रतिशत थियो।

सम्पत्तिको बजार मन्दीले घरेलु माग र निर्माण गतिविधिलाई कमजोर बनाएको तथा सीमा तनावले श्रम बजार र पर्यटनलाई अवरुद्ध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

 गत अगस्ट १ मा संयुक्त राज्य अमेरिकाले कम्बोडियाबाट आयात गरिएका सबै सामानहरूमा १९ प्रतिशत शुल्क लगाएको थियो।

कम्बोडियाले घरेलु र बाह्य कारणहरूबीच चुनौतीपूर्ण अवधिमा यात्रा गरिरहेको कम्बोडियाका लागि विश्व बैंककी कन्ट्री म्यानेजर तानिया मेयरले बताइन्।
 
उनले व्यापार वातावरण सुधार गरी अनौपचारिक उद्यमहरूलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेकोमा जोड दिइन्।

प्रतिवेदनका अनुसार कम्बोडियाको अन्तर्राष्ट्रिय भण्डारको अवस्था सामान्य छ भने लगभग ७.५ महिनाको आयातलाई समेटेको छ। यसैगरी सार्वजनिक ऋण घरेलु उत्पादन (जीडीपी) को लगभग २६ प्रतिशतभन्दा कम छ।

यस वर्ष मुद्रास्फीति औसत २.७ प्रतिशतमा रहेको र विदेशी प्रत्यक्ष लगानी प्रवाह २८.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ। रासस/सिन्ह्वा


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१४:४६
  • सम्बन्धित विषय:

  • # कम्बोडिया
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend