बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ताथलीगढी र हलालगाउँ पर्यटकको रोजाइमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
ताथलीगढी र हलालगाउँ पर्यटकको रोजाइमा

ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँ पुरातात्त्विक महत्त्वका सम्पदाका अवशेष पाइएका छन्। यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौं उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ।

भादगाउँ- चाँगुनारायण नगरपालिका-९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ।

स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा आकर्षित भएका हुन्।

ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँ पुरातात्त्विक महत्त्वका सम्पदाका अवशेष पाइएका छन्। यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौं उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ।

यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका चाँगुनारायण नगरपालिका-९ का वडासदस्य विद्यापति थापा बताउँछन्। विशेषगरी शुक्रबार र शनिबार बढी घुइँचो लाग्ने गरेको छ। हलालगाउँको भ्रमण गर्ने पनि बढेका छन्।

उक्त स्थानमा निर्मित हलालगाउँ-ताथलीगढीको सिँढीले पनि पर्यटकलाई आकर्षित गरेको चाँगुनारायण नगरपालिका-९ का वडाध्यक्ष गणेश त्यात बताउँछन्।

गढीबाट देखिने मनमोहक दृश्य हेर्न, पदयात्राका निम्ति उपयुक्त स्थल र स्थानीय संस्कृति बुझ्न पनि आन्तरिक पर्यटक आउने गरेका उनी बताउँछन्। त्यहाँका ३०० सिँढीले पनि पर्यटक तानिरहेका उनको कथन छ।

उक्त स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमीहरूलाई मुग्ध बनाउँछ। 

आगन्तुक बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र स्थानीयले सरसफाइ, विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार सुधार निर्माणसँगै प्रचारप्रसार पनि थालेका छन्।

दृश्यावलोकनका निम्ति ‘भ्यूटावर’ पनि निर्माण भइरहेको छ। गढी क्षेत्रको दिगो विकासका लागि गुरुयोजना तयार भएको वडाध्यक्ष त्यातको कथन छ। रासस 


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१४:३१
  • सम्बन्धित विषय:

  • # ताथलीगढी
  • # हलालगाउँ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend