मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

नक्कली नोटसहित एक जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
नक्कली नोटसहित एक जना पक्राउ

सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।

काठमाडाैं- सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।

'अनटेष्ट' लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका-५, छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमरा, फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१३:५१
  • सम्बन्धित विषय:

  • # नक्कली नोट
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend