बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गर्नुपर्छ : प्रचण्ड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गर्नुपर्छ : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक रहेकोमा जोड दिएका छन्।

२३औँ विश्व पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनलेपर्वतले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्ने बताएका छन्।

‘पर्वतले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्छन् । तर जलवायु परिवर्तनका कारण हिमशृंखलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड-पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ। यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखापरेको छ,’ सन्देशमा उनले भनेका छन्।

असी प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै संयोजक दाहालले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवन जोखिममा पर्नु, अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम भएको बताएका छन्। रासस

 


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२११:२३
  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend