काठमाडौं- बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ।
आज बिहीबार एक तोला सुनको मूल्य २ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ३ हजार ८ सय ५ रुपैयाँ निर्धारण भएको छ। बिहीबार चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको असोज ३१ गते नै सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद-बिक्री भइरहेको छ।


