बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भिमादका दुग्ध किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
भिमादका दुग्ध किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ- भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। 

दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय भएको नगर प्रमुख दधिराज सुवेदीले जानकारी दिए।

नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ। 

नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ। भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ। 

यसैगरी फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य ११५ रुपैयाँ, थोक बिक्री मूल्य १३० रुपैयाँ र खुद्रा बिक्री मूल्य १४० रुपैयाँ निर्धारण भएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२१०:३२
  • सम्बन्धित विषय:

  • # अनुदान
  • # दुग्ध किसान
  • # दूध
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend