काठमाडाैं- टाटा ईभीले डिसेम्बरका लागि 'कस्टमर रेफरल प्राेग्राम' अद्यावधिक गरेकाे छ। कम्पनीले आफ्नाे आगामी कार्यक्रम अद्यावधिक गर्दै पहिलेभन्दा अझ आकर्षक अफर ल्याएकाे हाे।
कार्यक्रमअन्तर्गत टाटा ईभी किन्ने योजनामा रहेकाहरूलाई सिफारिस गरी अफरकाे फाइदा लिन सकिनेछ।
हरेक सफल सिफारिसमा २० हजार रुपैयाँकाे शपिङ भौचर, व्यक्तिगत प्लेयर संस्करण जर्सी उपहार पाइने कम्पनीले जनाएकाे छ।
यस्तै, बम्पर अफरअन्तर्गत एक जना भाग्यशाली विजेताले आगामी टी-२० विश्वकपमा नेपालले खेलेको हेर्ने मौका पाउनेछन्।
कम्पनीका अनुसार यो अफर डिसेम्बर २०२५ मा हुने परिवर्तनहरूका लागि मात्र मान्य हुनेछ।


