बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली, लागत ५५ अर्ब ३३ करोड : ईआईए प्रतिवेदन सार्वजनिक

बुधबार, मंसिर २४ २०८२
३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली, लागत ५५ अर्ब ३३ करोड : ईआईए प्रतिवेदन सार्वजनिक

निर्माणका लागि करिब ३७.८७ हेक्टर सरकारी र १५.१९ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ। आयोजना ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ र कुल निर्माण लागत ५५.३३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

काठमाडौं- कर्णाली प्रदेशको मुगु जिल्लामा प्रस्तावित ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना (३०६ मे.वा.) को वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) प्रतिवेदन सार्वजनिक गरिएको छ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले प्रतिवेदन स्वीकृत गर्दै सर्वसाधारणबाट राय सुझाव आह्वान गरेको हो।

आयोजना प्रवर्धक एलिभेट इनर्जी प्रा.लि. द्वारा तयार पारिएको प्रतिवेदन अनुसार, मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका क्षेत्रमा आयोजना संरचना रहनेछ। बाँध मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ५ र ६ मा निर्माण हुनेछ र भूमिगत जलमार्गको माध्यमबाट विद्युत गृहसम्म जल आपूर्ति हुनेछ।

आयोजनाबाट वार्षिक १,६२९.२५ गीगावाट–घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। बाँधबाट विद्युत गृहसम्म करिब १२ किलोमिटर नदी खण्डमा जल प्रवाह घट्ने भएकाले विभिन्न वडाहरू प्रभावित हुनेछन्। बाँध २७ मिटर अग्लो र २,५६५.५ मिटर लामो जलाशय सिर्जना गर्नेछ, जसको अधिकतम सतह स्तर २,२८१.६ मिटर रहनेछ।

निर्माणका लागि करिब ३७.८७ हेक्टर सरकारी र १५.१९ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ। आयोजना ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ र कुल निर्माण लागत ५५.३३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

प्रकाशित : बुधबार, मंसिर २४ २०८२१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend