बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्थ मन्त्रालयले भन्याे- ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानूनविपरीत

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २४ २०८२
अर्थ मन्त्रालयले भन्याे- ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानूनविपरीत

केही स्थानीय तहले आफ्नो मार्ग हुँदै जाने मालसामानमा कर तथा शुल्क लगाउँदै आएका छन्। यस्तो कर असुलीले कृषक र व्यापारीमा नकारात्मक प्रभाव परेको मन्त्रालयले स्पष्ट पारेको छ।

काठमाडौं- अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानूनविपरीत भएको स्पष्ट पारेको छ। 

संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश-प्रदेश वा स्थानीय तह-स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो।

केही स्थानीय तहले आफ्नो मार्ग हुँदै जाने मालसामानमा कर तथा शुल्क लगाउँदै आएका छन्। यस्तो कर असुलीले कृषक र व्यापारीमा नकारात्मक प्रभाव परेको मन्त्रालयले स्पष्ट पारेको छ।

स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भएको सामानमा केवल बाटो प्रयोग भएको कारणले कर लिन नपाइने स्पष्ट गरिएको छ। यस विषयमा यही मंसिर २३ गते अर्थ मन्त्रालयले निर्णय गरेर सबै प्रदेश सरकार र स्थानीय तहलाई जानकारी गराउन अनुरोध गरेको छ। 

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले सो निर्णयअनुसार पत्राचार भइसकेको जानकारी दिए। रासस

प्रकाशित : बुधबार, मंसिर २४ २०८२१६:४६
  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend