बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

केयूकेएलको सबै सेवा तीन दिन बन्द हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २४ २०८२
केयूकेएलको सबै सेवा तीन दिन बन्द हुने

क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले यही मंसिर २६ गते दिउँसो ३ बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

काठमाडौं- सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महसुल भुक्तानीसहित सबै सेवा तीन दिन बन्द हुने भएका छन्।

क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले यही मंसिर २६ गते दिउँसो ३ बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

उनले भने, ‘सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल संकलन काउण्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन्।’

प्रकाशित : बुधबार, मंसिर २४ २०८२१४:४०
  • सम्बन्धित विषय:

  • # केयूकेएल
  • # काठमाडौं उपत्यका खानेपानी लिमिटेड
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend