मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको लडेर मृत्यु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको लडेर मृत्यु

सुरुङमार्गमा काम गर्दै आएका ओखलढंगाको मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका ३९ वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए।

दोलखा- दोलखाको लामाबगरस्थित ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर कम्पनी लिमिटेडअर्न्तगत निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्शनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

सुरुङमार्गमा काम गर्दै आएका ओखलढंगाको मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका ३९ वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए। राई सोमबार सुरुङभित्र ड्रिल खोप्ने क्रममा अचानक लडेर घाइते भएका थिए। लडेर उनी करिब ५ मिटर तल पुगेको प्रहरीले जानकारी दिएको छ। 

घाइते भएका उनलाई उपचारका लागि धुलिखेल शाखा अस्पताल दोलखामा ल्याइएको थियो। उनको आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ। राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ। रासस

 


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१५:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend