बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल एयरलाइन्समा युवराज अधिकारीको बहिर्गमनसँगै आम्दानीमा देखिन थाल्यो सुधार

मंगलबार, मंसिर २३ २०८२
नेपाल एयरलाइन्समा युवराज अधिकारीको बहिर्गमनसँगै आम्दानीमा देखिन थाल्यो सुधार

निगमले पछिल्लो चार महिनामा जहाज उडाएर ५ अर्ब ९६ करोड ११ लाख ५४ हजार ५ सय ४४ रुपैयाँ आम्दानी गरेको छ।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा नेतृत्व परिवर्तनसँगै आम्दानीमा सुधार देखिन थालेको छ।

युवराज अधिकारी निगम कार्यकारी अध्यक्ष रहँदा लापरबाही र कमिसनतन्त्रका कारण चार वर्षसम्म निरन्तर रुपमा घटिरहेको निगमको आम्दानीमा अहिले उनी बाहिरिएसँगै सुधार देखिएको छ।

२०७८ कात्तिकमा निगम कार्यरकारी अध्यक्षको जिम्मेवारीमा अधिकारीको आगमनसँगै निगमको जहाज उडाएर हुने आम्दानीमा सुधार हुन सकेको थिएन।

अधिकारी बाहिरिएको महिनामा नै पछिल्लो चार वर्षको कुनै पनि महिनामा भन्दा बढी आम्दानी भएको छ। अधिकारी कात्तिक ७ गतेबाट अवकाशमा गएका थिए। त्यही महिना निगमको आम्दानीमा रेकर्ड ब्रेक भएको हो।

निगम स्रोतले दिएको विवरणअनुसार २०८२ को कात्तिकमा जहाज उडाएर निगमले १ अर्ब ८१ करोड १२ लाख ५ हजार ४ सय ६ रुपैयाँ आम्दानी गरेको छ। जसमा अन्तर्राष्ट्रिय उडानबाट मात्रै १ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको छ।

अधिकारीकै नेतृत्वका रहेको बेला २०८० को साउनमा निगमले १ अर्ब ६ करोड ५४ लाख ३८ हजार ६५ रुपैयाँ जहाज उडाएर आम्दानी गरेको थियो भने भदौमा १ अर्ब २९ करोड ८८ लाख ९ हजार ६ सय ९७ रुपैयाँ कमाएको थियो।

यसैगरी निगमले असोजमा १ अर्ब ७८ करोड ५७ लाख १ हजार ३ सय ७६ रुपैयाँ आम्दानी गरेको थियो। निगमले पछिल्लो चार महिनामा जहाज उडाएर ५ अर्ब ९६ करोड ११ लाख ५४ हजार ५ सय ४४ रुपैयाँ आम्दानी गरेको छ।


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend