शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

‘नबिल एसएसई’ कार्यक्रमका लागि नबिल बैंकले गर्‍यो त्रिविसँगको सम्झौता नवीकरण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
‘नबिल एसएसई’ कार्यक्रमका लागि नबिल बैंकले गर्‍यो त्रिविसँगको सम्झौता नवीकरण

काठमाडौं- नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ। 

व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि क्रिविसँगको यस कार्यत्रम सन् २०२८ सम्म निरन्तर रूपमा सञ्चालन हुनेछ। 

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्द्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

सम्झौता नवीकरणले दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै सामाजिक उद्यमशीलता प्रवर्द्धनमा ठूलो सहयोग पुगेको सीईओ ज्ञवालीले जानकारी दिए। नबिल एसएसईले समाजमा पारेको सकरात्मक प्रभाव निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले भने, ‘नबिल बैंकले सधैँ स्थानीय अर्थतन्त्रमा मूल्य थप्ने, समुदायमा सकारात्मक परिवर्तन ल्याउने र विद्यार्थी तथा उद्यमीहरूलाई आफ्नो क्षमता विस्तार गर्न सहयोग गर्ने पहलहरूमा साथ दिँदै आएको छ र यस कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ।’

त्सैगरी डिन प्रा.डा. महानन्द चालिसेले त्रिविको व्यवस्थापन संकाय पाठ्यक्रमलाई सान्दर्भिक र प्रयोगात्मक शिक्षातर्फ रूपान्तरण गर्दै उद्यमशीलता विकास गर्ने दिशामा अघि बढेको बताए। ‘अनुसन्धान, अध्ययन तथा समुदायसँगको सहकार्यजस्ता क्षेत्रमा उद्योग-शैक्षिक साझेदारीले गहिरो प्रभाव पार्न सक्छ, र नबिल एसएसईमार्फत स्थापित भएको सहकार्य यसको उत्कृष्ट उदाहरण बनेको छ,’ उनले भने।

सामाजिक उद्यमशीलता विकासलाई सुदृढ गर्ने ऊद्देश्यले बैंकले नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यत्रम  समुदायमा काम गर्ने सामाजिक उद्यमी तयार पार्न र उनीहरूलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ सञ्चालित छ।

नबिल एसएसईअन्तर्गत ‘फेलोशिप’ र ‘सर्टिफिकेट’ कोर्स गरी दुई कार्यक्रम सञ्चालनमा छन्। छ महिना अवधिको फेलोसिप कार्यक्रम नवप्रवर्तन तथा नवीन आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको छ। जसमा सहभागीले ६ महिनासम्म प्रशिक्षण र एक वर्षसम्म मेन्टरशिप पाउनेछन्। साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन्।

पछिल्लो चार वर्षमा फेलोशिप कार्यक्रममा ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् भने उनीहरूले ६२ वटा उद्यम स्थापना गरिसकेका छन्। जसबाट १४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रूपमा लाभान्वित भइसकेको बैंकले जनाएको छ। 

त्यसैगरी सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा सञ्चालित छ। तीन महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ। यस सर्टिफिकेट कोर्सबाट पनि उद्यमशीलतामा लागेका तथा नवप्रवर्तनमार्फत स्थानीय अर्थतन्क्रलाई सशत्त बनाउने लक्ष्य राखिएको छ।

सर्टिफिकेट कोर्सबाट हालसम्म १,०६९ उद्यमी लाभान्वित भइसकेका छन्। उनीहरूले १३१ उद्यम स्थापना गरी २,६०० भन्दा बढीलाई रोजगारी उपलब्ध गराएका छन्।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। बैंकले विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ।

बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ।


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१४:५७
  • सम्बन्धित विषय:

  • # नबिल बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend