बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ’

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
‘ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ’

मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा पनि ठेकेदारहरूको सम्मेलन गर्नुपर्ने अवस्था रहेको धारणा राखे।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन्।

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे।

‘ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्काविना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,’ उनले भने।

उनले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिए। मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा पनि ठेकेदारहरूको सम्मेलन गर्नुपर्ने अवस्था रहेको धारणा राखे।

संवादको सुरुआतमै पूर्वाधारविज्ञ एवम् पूर्वसचिव अर्जुनजंग थापाले ठेक्का तोड्ने सरकारी नीति र त्यसको प्रभावका विषयमा प्रस्तुतीकरण गरेका थिए। रासस


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१३:४६
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • # रुग्ण ठेक्का
  • # ठेक्का प्रणाली
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend