काठमाडौं- कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरस्थित क्याफेओफिलियासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।
छुटसम्बन्धी सम्झौतामा बैंककी मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेकी फ्रान्चाइज ओनर सदीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्।


