शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको छ।

यसअघि हिजो सोमाबार सुन प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि हिजो चाँदीको मूल्य प्रतितोला तीन हजार पाँच सय ८५ रुपैयाँ थियो।


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१०:५६
  • सम्बन्धित विषय:

  • # सुन
  • # सुनचाँदी
  • # चाँदी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend