बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वाणिज्य विभागले गर्‍यो चारवटा फर्मलाई जरिवानासहित कारबाही

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
वाणिज्य विभागले गर्‍यो चारवटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौं महानगरपालिका-१६ मा रहेको इमरान रेडिमेडलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

काठमाडौं- नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चारवटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ। 

विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई २० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको छ।

भक्तपुर सल्लाघारीमा रहेको श्री चोंगा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान १०-१० हजार रुपैयाँ जरिवानासहित कारबाही गरिएको छ। 

त्यस्तै, काठमाडौं महानगरपालिका-१६ मा रहेको इमरान रेडिमेडलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ को ‘घ’ को कसुरमा कारबाही गरिएको विभागले जनाएको छ।

सोमबार विभागले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको थियो। तीमध्ये ११ वटालाई सामान्य निर्देशन दिई व्यवसायमा आवश्यक सुधार गर्न, कानूनको परिपालना गर्न निर्देशन दिइएको विभागले जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१०:४१
  • सम्बन्धित विषय:

  • # उद्योग
  • # वाणिज्य विभाग
  • # फर्म
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend