मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

अदालतको आदेशपछि शाक्यले भने- ‘घर जलेको बेला राहत महसुस भयो’

सोमबार, मंसिर २२ २०८२
अदालतको आदेशपछि शाक्यले भने- ‘घर जलेको बेला राहत महसुस भयो’

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि राहत महसुस भएको बताएका छन्। उनले भने, 'घर जलेको बेला आहात भएको थियो, अहिले राहत महसुस भएको छ।'

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि राहत महसुस भएको बताएका छन्। उनले भने, 'घर जलेको बेला आहात भएको थियो, अहिले राहत महसुस भएको छ।'  उनले प्रतिवद्ध भएर नेपालको उर्जा क्षेत्रको विकासमा काम गर्ने समेत बताए। 

सर्वोच्च अदालतले शाक्यलाई प्राधिकरणमा पुनः कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्काउने आदेश दिएको छ। जेनजी आन्दोलनको प्रभावमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेपछि तत्कालीन मन्त्री तथा प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए।

शाक्यले उक्त सरुवाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्काउन आदेश दिएको हो।

अदालतको आदेशसँगै प्राधिकरणको नेतृत्व पुनः व्यवस्थापन गर्न सरकार बाध्य भएको छ।


प्रकाशित : सोमबार, मंसिर २२ २०८२२०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend