काठमाडौं- वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भइ हाल काठमाडौं महानगरपालिका-२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिए।
'पक्राउ परेका महरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट दुई लाख लिएर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरिएको हो' उनले भने।
निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए।