बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ग्राहकहरूलाई स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
ग्राहकहरूलाई स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आन्तरिक राजस्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्ने प्रयोजनका लागिथ बैंकले सो आग्रह गरेको हो।

ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप मा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्।

साथै आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि आफ्नो खातामा प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ।

‍ग्राहकहरूले प्यान अद्यावधिक नगराएका कारणले ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने पनि सूचित गराइएको छ।

यस्तै, बैंकका ग्राहकहरूले आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको ‘माई प्रोफाइल’मा ट्याप गरी ‘चेन्ज ईमेल’ विकल्प छनोट गर्नुपर्नेछ।
साथै आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नका लागि आवेदन दिन सकिनेछ।

यसका अतिरिक्त बैंकले यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन पनि अनुरोध गरेको छ।


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१५:५२
  • सम्बन्धित विषय:

  • # एनआईसी एसिया बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend