बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ : मुख्यमन्त्री शाह

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र-२०८१’ आज बुझ्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री शाहले प्रदेश सरकार लगानीअनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिएर अघि बढिरहेको बताए। 

उनले भने, ‘प्रदेश सरकार लगानी मैत्री वातावरण बनाउनतिर लागेको छ। निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

स्थिति पत्र हस्तान्तरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताए। 

उनले नेपालमा सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताए। रासस
 


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend