बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘एनएमबी इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा थप सुविधा पाइने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
‘एनएमबी इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा थप सुविधा पाइने

काठमाडौं- एनएमबी बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबी इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। 

यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब पाँच हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (ईएमआई) मा रूपान्तरण गर्न सक्नेछन्।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पीओएस स्लिप १० दिनभित्र ईएनएमबी एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।

न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित ‘इन्स्टा बाइ’ मार्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वलगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ।

एनएमबी बैंकले देशभरका २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्ट ‍रमार्फत सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१४:०७
  • सम्बन्धित विषय:

  • # एनएमबी बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend