बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

काभ्रेका आठ अस्पतालमा स्वास्थ्य बीमा सेवा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
काभ्रेका आठ अस्पतालमा स्वास्थ्य बीमा सेवा

काभ्रेपलाञ्चोक- स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ।

आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पतालको संख्या आठ पुगेको हो। 

उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बीमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो। सेवाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले औपचारिक रुपमा प्रारम्भ गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइबाले स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरी आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको बताए। उनका अनुसार नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन्। 

यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाई सेवा प्रदान गर्दै आएका छन्। 

धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवा गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सुरु गरेको छ। यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बीमाको प्रथम सेवाविन्दु सेवा दिन आलटाल गरिरहेको थियो। 

नगरले धुलिखेल अस्पतालमा बीमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाट नै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ। 

गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बीमाको प्रथम सेवाविन्दु हुने नियम लागू गरेको थियो। वि.स. २०७६ मंसिर १ गतेदेखि प्रथम सेवाविन्दुको रूपमा सूचीकृत जिल्लाका चार स्वास्थ्य संस्थामध्ये मेथिनकोट अस्पताल, प्रास्वाके सुन्थान र खोपासीले मात्रै यसअघि सेवा दिँदै आएका थिए। रासस


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१३:३३
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य बीमा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend