मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

राष्ट्र बैंकले तयार पार्‍यो बैंकिङमा एआई गाइडलाइन

सोमबार, मंसिर २२ २०८२
राष्ट्र बैंकले तयार पार्‍यो बैंकिङमा एआई गाइडलाइन

एआईको प्रयोगबाट उत्पन्न जोखिमको अन्तिम जिम्मेवार संस्थाको सञ्चालक समिति हुनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले एआई गाइडलाइन तयार पारेको छ। सुझावका लागि भन्दै सार्वजनिक गरिएको गाइडलाइनको मस्यौदामा बैंक तथा वित्तीय संस्थाले एआईको प्रयोग सम्बन्धिका व्यवस्था गरिएको छ। 

यो गाइडलाइन लागू भएपछि यसले गरेका व्यवस्था अनुसार संस्थाहरूले एआई प्रयोग गर्नुपर्ने छ। यसरी गरिएको प्रयोगको नियमन र नियमित रिपोर्टिङको व्यवस्था पनि हुनेछ। 

संस्थाहरूले सञ्चालनलाई किफायति र सुरक्षित बनाउनका लागि एआई मोडल प्रयोग गर्नसक्नेछन्। यसरी एआई प्रयोग गर्दा त्यस्ता मोडल र मोडको बारेमा उपभोक्तादेखि नियामकसम्मले प्रष्टसँग बुझ्नेगरी बनाउनुपर्नेछ। 

कुनै पनि उपभोक्ताले पाउने सुविधा कसरी र कुन प्रक्रियाबाट पूरा भएको छ भन्ने कुरा प्रष्ट व्याख्यायोग्य हुनुपर्ने छ। संस्थाहरूले सामान्य सञ्चालन प्रायोजनका लागि थर्डपार्टी एपसमेत प्रयोग गर्न पाउनेछन्। तर यसरी प्रयोग भएका मोडलमा डेटा सुरक्षा र साइबर सचेतना भने अनिवार्य अपनाउनुपर्नेछ। 

कुनै पनि संस्थाले एआईको अनुशासित प्रयोगका लागि रणनीति बनाउनुपर्ने छ। यस्तो रणनीति बोर्डबाट पारित हुनुपर्नेछ। बोर्ड सदस्यहरू यसका बारेमा सचेत र प्रष्ट हुनुपर्नेछ। 

संस्थाले रणनीति अनुसार एआईको विकास र प्रयोग,  अनुगमन र सञ्चालनका लागि लक्षित समिति बनाउनुपर्नेछ। अहिले नै मौजुदा समिति भएपनि त्यसलाई जिम्मा दिने तर त्यसमा एआई तथा सूचना प्रविधिको विज्ञ सदस्य अनिवार्य हुनुपर्नेछ। 

प्रयोग हुने एआई मोडलको जोखिमको तह निर्धारण गरी सोही अनुसारको नियमित,  पटके तथा आवधिक अनुगमनको व्यवस्था हुनुपर्नेछ। बैंक तथा वित्तीय क्षेत्रमाा प्रयोग हुने एआईलाई निमयनका लागि राष्ट्र बैंकले पनि यसकै लागि रिपोर्टिङ पनि माग गर्नेछ। 

एआईको प्रयोगबाट उत्पन्न जोखिमको अन्तिम जिम्मेवार संस्थाको सञ्चालक समिति हुनेछ। 


प्रकाशित : सोमबार, मंसिर २२ २०८२११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend