काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ।
हिजो आइतबार प्रतितोला दुई सय रुपैयाँले घटेर दुई लाख ५२ हजार दुई सय रुपैयाँमा किनबेच भएको सुन आज सामान्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको छ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला ५० रुपैयाँले बढेर तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तीन हजार पाँच सय ८५ रुपैयाँ कायम भएको छ।


