बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनर्निर्माण हुने विश्वास छ : पूर्वराष्ट्रपति भण्डारी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २१ २०८२
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनर्निर्माण हुने विश्वास छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन्।

आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरूको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको बताउँदै सरकारले यी संरचनाहरूलाई चाँडै पुनर्निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन्।

bidyadevi 02.jpg

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना पनि गरिन्। उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन्।

पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरूको अलोकन गराएका थिए। कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेकी थिइन्।

bidyadevi.jpg

bidyadevi bhandari and sushila karki.jpg


प्रकाशित : आइतबार, मंसिर २१ २०८२१७:३७
  • सम्बन्धित विषय:

  • # विद्यादेवी भण्डारी
  • # सिंहदरबार
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend